काठमाडौं। बेनी–जोमसोम–कोरला सडक योजनाअन्र्तगतको दाना खण्डमा कालोपत्र गर्न सुरु गरिएको छ। नागढुङ्गा–कैकुखोला खण्डको १६ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नती गर्न थालिएको हो।
एघार मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, घुम्ती, लेभल मिलाउने, सबबेस, बेस राख्ने काम सकिएकाे छ।
सडक कालोपत्रसहित स्तरोन्नति गर्न ६३ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ।