काठमाडौं। कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ। एयरले आजबाट भैरहवामा दैनिक उडान भर्ने भएको हो।
कतारबाट आएको जहाज दिउँसो साढे तीन बजे भैरहवामा अवतरण हुने बताईएको छ।
उक्त जहाज भैरहवाबाट यात्रु लिएर साढे चार बजे काठमाडौंका लागि उड्नेछ। यही जहाज दोहाका लागि काठमाडौंबाट आजै साँझ उड्ने विमानस्थलले जनाएको छ।
कतार एयरवेजले भैरहवाबाट दैनिक उडान गर्ने भएसँगै अब गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या पाँच पुगेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।