तनहुँ। जिल्लाको व्यास नगरपालिका–११ स्थित बागीश्वरी सडक कालोपत्र गर्न सुरु गरिएको छ। ३१ वर्षपछि उक्त सडक कालोपत्र गर्न सुरु गरिएको हो।
पहिलो चरणमा व्यास नगरपालिका–११ शेराबाट ढुङ्गाखानीसम्म कालोपत्र भईरहेको बताइएको छ। अहिलेसम्म ८ सय ५० मिटर सडक कालोपत्र भईसकेको नगरपालिकाले जनाएको छ।
लामो समयपछि सडक कालोपत्र हुनेभएपछि स्थानीय निकै उत्साहित भएका छन्। लामो समयसम्म सडक कालोपत्र नहुँदा निकै सास्ती भोग्नु परेको उनिहरुले बताए।
अब सडक कालोपत्र भएपछि बर्खाको समयमा पनि सहजै आवतजावत गर्न सकिने विश्वास गरिएको उनिहरुको भनाई छ।
सङ्घीय सरकारबाट रु चार करोड बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र गर्न सुरु गरिएको नगरपालिकाले बताएको छ।