काठमाडौंं। ग्वार्कोमा निर्माणाधीन फ्लाइ ओभर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार फ्लाइ ओभर निर्माण कार्य हालसम्म ९८ प्रतिशत पूरा भएको हो।
मन्त्रालयका सचिव केशवकुमार शर्माले फ्लाइ ओभर निर्माण सम्पन्न हुन अझै दुई–तीन महिना लाग्ने बताएका छन्। पुलको रेलिङ, पेभमेन्ट रङ्गरोगन लगायतका कार्य बाँकी रहेको मन्त्रालयले जनाएको छ।
यसअघि पुष ८ गतेभित्र सक्ने गरी ग्वार्को फ्लाइ ओभर निर्माणको म्याद थप गरिएको थियाे। सम्पूर्ण काम पूरा हुन अझै ३ महिनासम्म लाग्ने भएपछि तोकिएको समयमा पूरा नहुने देखिएको छ। त्यसैले फेरि तीन महिना म्याद थप गरेर काम गर्ने तयारी भइरहेको बताइएको छ।