काठमाडौं। प्रदेशकै लाइफलाइन मानिएको कोरोला त्रिवेणी सडक चाँडै निर्माण हुने भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेश महोत्सवको उद्घाटन गर्दै कोरोला त्रिवेणी सडक चाँडै निर्माण हुने बताएका हुन्।
भारतीय सिमानासँग जोडिएको त्रिवेणीधाम दुम्कीबास हुँदै कोरोला पुग्ने सडक निर्माण आफ्नो पहिलो प्राथामिकता रहेकाले त्यसलाई छिचोल्ने काम चाँडै सकिने उनको दाबी छ।