काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले निर्माणाधीन महेन्द्र राजमार्गको काम चाँडो सक्न आफूले ताकेता गरिरहेको बताएका छन्। गैँडाकोटमा सोमबारबाट सुरु प्रदेश महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्।
उनले महेन्द्र राजमार्गको निर्माण कार्य अब चाँडै सकिने बताए। भारतीय सिमानासँग जोडिएको त्रिवेणीधाम दुम्कीबास हुँदै कोरोला पुग्ने सडक निर्माण आफ्नो पहिलो प्राथामिकता रहेकाले त्यसलाई छिचोल्ने काम चाँडै सकिने समेत दाबी गरे।
मुख्यमन्त्री पाण्डेले पूर्वी नवलपरासीको लोकाहामा प्रस्ताव गरिएको औद्योगिक क्षेत्रको काम अब एक सातामा टुंगिने समेत बताए।