काठमाडौं। दुई सय पर्यटक सवारी चालकहरुलाई तालिम दिइएको छ। नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा दुई सय पर्यटक सवारी चालकहरुलाई दुई दिने तालिम प्रदान गरेको हो।
पर्यटक ट्याक्सी, बस र रिक्सा चालकहरुलाई कोभिडका समयमा सुरक्षित यात्राका लागि अपनाउनु पर्ने विधि, आतिथ्यता, म्याप पढ्ने तरिका, ट्राफिक सचेतनाका विषयहरुमा तालिम दिइएको छ।
बोर्डले पर्यटन क्षेत्रका अग्रपंक्तिमा बसेर काम गर्नेहरुलाई पूनर्ताजगी गर्ने उद्देश्य बमोजिम आयोजित अभिमुखिकरण तालिमको उद्घाटन नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले गरेका थिए।
पर्यटकलाई यात्राका दौरान चाहिने अत्यावश्यक पर्यटक प्रहरीको नम्बर र नेपाल पर्यटन बोर्डको वेभसाइटको विवरण भएको स्टिकरलाई यही अवसरमा पाँच सय सवारीमा टाँस्ने अभियान सुचारु गरिएको छ।
बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले पर्यटक गाडीमा टाँसिएको स्टिकरले पर्यटकमा भ्रमणमा सकारात्मक हुने वातावरण बनेको बताए।