फाइल फोटो
काठमाडौं। नागढुंगा सुरुङ्गमार्गको सिस्ने खोला खण्ड भोलीदेखि एक हप्ता आंशिक बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार एक सूचना प्रकाशित गरी भोलि बिहीबारदेखि नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाबाट काठमाडौँ–धादिङ सुरुङ मार्गको सिस्ने खोला (त्रिभुवन राजपथ) क्षेत्रमा यातायात आंशिक बन्द गरिने जनाएको छ।
कात्तिक २९ गतेदेखि मङ्सिर ५ गतेसम्म बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म दुई तर्फी सडक २० मिनेट बन्द र २० मिनेट खुला रहने गरी सवारी साधन सञ्चालनमा रोक लगाइने कार्यालयले जनाएको छ।
