ताप्लेजुङ। ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको संख्या वर्षेनी बढ्दै गएको छ। आन्तरिक तथा बाह्य दुबै पर्यटकको संख्या बढ्दै गएको हो।
आठ हजार पाँच सय ८६ मिटरको उक्त हिमाल विश्वकै तेस्रो अग्लो हो। यहि वर्षको भदौबाट हालसम्म करिब सात सय ५० विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेको बताइएको छ। आन्तिरिक पर्यटकको संख्या विदेशी पर्यटकको तुलनामा डबल रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा जाँचचौकी कार्यालयको तथ्याङ्कमा रहेको छ।
स्वदेशी तथा विदेशी पर्यटकको संख्या वृद्धिले स्थानीय व्यवसायीलाई ठूलो सहयोग पुगेको बताईएको छ। गत वर्षहरुमा भन्दा यो वर्ष पर्यटकको संख्या बढेको भन्दै एक जना होटल व्यवसायीले खुशी व्यक्त गरे।