लमजुङ। जिल्लाको दूधपोखरी गाउँपालिका–२ विचौरकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। सोही स्थानको स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
२७ वर्षीया पृथी गुरुङलाई सिम्रिक हेलिकप्टरबाट आज पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको बताइएको छ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुर्याएर शल्यक्रिया गरी छोरी जन्मिएको बताईको छ।