म्याग्दी। पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक स्तरोन्नति गर्न सुरु गरिएको छ। पाँच करोड ८६ लाख तीन हजार लागतमा उक्त सडक स्तरान्नति गर्न सुरु गरिएको हो।
उक्त सडकले दुईवटा जिल्ला म्याग्दी र बागलुङ लाई जोड्छ। १८ महिनामा निर्माण समपन्न गर्ने गरी एनके युनाइटेड जेभीले सडकको स्तरोन्नतीको जिम्मा पाएको हो।
२०६६ सालमा मार्ग खुलेको उक्त सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो। अब सडक स्तरोन्नती हुने भएपछि स्थानीय निकै खुशी भएका छन्।
मार्ग खुलेको लामो समयपछि सडक स्तरोन्नती हुने भएको हो। सडक मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको भएपनि बर्खाको समयमा आवतजावत गर्न निकै समस्या हुँदै आएको स्थानीयले बताए। अब ठूलो बजेटमा सडक स्तरोन्नती हुने भएपछि सहज हुने विश्वास गरिएको उनिहरुको भनाई छ।