चितवन। दुई वर्षभित्र बनिसक्नु पर्ने देवघाटस्थित विद्युतीय शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै भएको छ। निर्माण सम्झौता गरेको शवदाह गृहको समयअवधि २०७७ माघ ३ गते नै सम्पन्न भएको हो।
सम्झौता सकिदा सवदाह गृहको भौतिक प्रगती १० प्रतिशत थियो। सवदाह गृह निर्माणको जिम्मा पाएको मिलिनियम सिद्धगढी जेभीले विभिन्न बाहाना बनाएर समय थप गरेको थियो। कोरोना र बाढी पहिरोको कारण देखाएपछि सरकारी निकाय सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले पनि उसले मागेअनुसार म्याद थप गर्दै गयो। थप गरेको म्याद आगामी चैतसम्म मात्र रहँदा भौतिक प्रगती १५ प्रतिशत रहेको छ।
सघन सहरी तथा भवन निर्माण आयोजना चितवनकाका अनुासार एक महिनाभित्र कामको प्रगति सन्तोषजनक नभए ठेक्का तोड्ने तयारी छ। प्रत्यक दिन ३० जनाभन्दा बढी कर्मचारी खटाएर एक महिनाभित्र स्ल्याब ढलानको तयारी नगरे काम सन्तोषजनक मानिने छैन।
गएको मंसिरमा सहरी विकास तथा भवन निर्माण विभागले शवदाह गृह निर्माणमा चरम ढिलासुस्ती भएपछि आयोजनासँग स्पष्टीकरण माग्दा आयोजनाले निर्माण सुरु भएसँगै कोरोनाको पहिलो र दोस्रो लहरका कारण काममा जान नसकेको, बाढी पहिरोले क्षति पुर्याएको र निर्माण व्यवसायीले समयमै जगको काम गर्न नसक्दा ढिला भएको स्पष्टीकरण दिएको थियो।