काठमाडौं। नागढुंगा सडक आजदेखि मंसिर ५ गतेसम्मका लागि आंशिक रुपमा बन्द हुने भएको छ। आयोजनाले एक सूचना जारी गर्दै एक साता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक आंशिक रुपमा बन्द हुने जानकारी दिएको हो।
आयोजनाका अनुसार नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टलअन्तर्गत सिस्ने खोलामा स्लोप कटिङ गर्नु पर्ने भएकोले सडक बन्द गर्न लागिएको हो। यस अवधिमा २०/२० मिनेटमा सडक बन्द गर्ने र खोल्ने गर्दै काम गरिने आयोजनाले जनाएको छ।