दमौली। छिर्कने–देउराली सडकखण्ड दैनिक साढे चार घण्टा बन्द हुने भएको छ। छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो।
उक्त सडक निर्माणको कामलाई अगाडी बढाउन आगामी मङ्सिर ३ गतेदेखि २३ गतेसम्म दुई चरणमा सडकखण्ड पूर्ण रूपमा बन्द गर्न लागिएको योजनाले जनाएको छ।
उक्त समयमा राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने छ। बिहान १ बजेदेखि १ः३० बजेसम्म सडक आवागमन खुल्ला गरिने छ, र पुनः बिहान १ः३० बजेबाट ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने बताइएको छ।