काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने चेतावनी दिएका छन्। प्रधानमन्त्रीले बिहीबार नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा भएको ढिलासुस्तीका बारेमा छलफल गर्दै आउँदो मंसिरभित्र काम सुरु नभएमा बाध्यतावस ठेक्का तोड्नुको विकल्प नहुने बताएका हुन्।
बिहीबार प्रधानमन्त्री ओलीले रुपन्देही, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका जनप्रतिनिधिहरुसँग उक्त सडक विस्तार आयोजना बारे छलफल गरेका थिए। छलफलमा उनले सडक विस्तारमा भइरहेको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुग्ने बताएका छन्।
उनले विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्ने बताए ।