काठमाडौं। पोखराको नाम लिनुपर्दा महेन्द्रपुलको नाम छुटाउन सकिदैन। हालको महेन्द्रपुलको बजार २०१९ सालमा पक्की पुल बने पछि बनेको नाम हो। तर यसको पछाडी रहेको साँघुमुखको बजार भने १९५० को आसपासमा बनेको अनुमान गर्न सकिन्छ।

२०१९ तिर अञ्चलाधिस भूदेव राईले साँघुमुख पछाडीको खर बारि र बास्तोलाथरको खर बारि हुदै एयरपोर्ट जाने चौडा सडक बनाए। त्यसभन्दा पहिला सेतीको छेउ छेउबाट हिड्नु पर्थ्यो। पछि गोरू गाडा आएपछि गोरू गाडाको बाटो पनि सिमलचौर नै हुन थाल्यो। त्यसैले गाडा चलाउनेहरू पनि सबै सिमलचौरकाहरू नै थिए। नयाँ बाटो बनेपछि धेरैले यहि बाटो प्रयोग गर्न थालेपछि बगालेटोल सिमलचौरको बाटोको उपयोग घट्दै गयो। सुनिल उलकको फेसबुकबाट साभार गरिएकोहो।

