फाइल फोटो
त्रिशूली। त्रिशूलीमा पक्की पुल सञ्चालनमा आएको छ। आठ करोड लागतमा नयाँ पक्की पुल निर्माण भएसर सञ्चालनमा आएको हो।
‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा पक्की पुल निर्माण गरिएको विदुर नगरपालिकाले जनाएको छ।
उक्त नयाँ पक्की पुल निर्माण भएर सञ्चालनमा आएपछि नुवाकोट र धादिङका सर्वसाधारणलाई आवतजावतमा निकै सहज भएको नगरपालिकाले जनाएको छ।
उक्त पुल एघार मिटर चौडा भएको दुई ‘लेन’को रहेको छ। पुल सञ्चालनमा आएपछि स्थानीयहरु खुशी भएका छन्।