दमौली। छिर्कने–देउराली सडकखण्ड दैनिक साढे चार घण्टा बन्द हुने भएको छ। छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो।
उक्त सडक निर्माणको कामलाई अगाडी बढाउन आजदेखि २३ गतेसम्म दुई चरणमा सडकखण्ड पूर्ण रूपमा बन्द गर्न लागिएको योजनाले जनाएको छ।
उक्त समयमा राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने छ। बिहान १ बजेदेखि १ः३० बजेसम्म सडक आवागमन खुल्ला गरिने छ, र पुनः बिहान १ः३० बजेबाट ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने बताइएको छ।