काठमाडौं। गुल्मीको ग्लुङफेदी खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ। उक्त खोलामा दुई वटा जिल्लालाई जोड्ने पुल निर्माण सुरु गरिएकोे हो।
उक्त पुलले प्यूठानको गौमुखी गाउँपालिका र गुल्मीको मदाने गाउँपालिकालाई जोड्ने छ। दुई लेनको निर्माण हुने पुलको २०८१ मङ्सिर ८ गते निर्माण सम्पन्न गर्नेगरी एमरएस कमल–अर्जुन–सिटी–जेभी रेसुङ्गा गुल्मीले काम सुरु गरेको बताईएको छ।
उक्त मोटरेबल पुल चार करोड १४ लाख २९ हजार नौ सय ७९ लागतमा निर्माण गरिने भएको हो। तोकिएको समय अवधि भित्र पुल निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ।
पुल निर्माण भएपछि प्यूठानको गौमुखी गाउँपालिका र गुल्मीको मदाने गाउँपालिका स्थानीयलाई निकै सहज हुने विश्वास गरिएको छ।