काठमाडौं। मुग्लिन–पोखरा सडक अन्तर्गत पूर्वी खण्डको काम तीव्र गतिमा भइरहेको छ। पूर्वी खण्डको हालसम्म ६८ प्रतिशत भौतिक प्रगति भएको हो।
पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण कार्य सम्पन्न भएका छन् भने मादी नदीमा निर्माण भइरहेको पुलको काम लगभग आधा पूरा भएको छ।
त्यस्तै दुई ठूला पुल र एक सय तीन वटा कल्भर्ट निर्माण सकिएको आयोजनाले जनाएको छ।
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते चाइना कम्युनिकेशन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।