पर्वत। कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी खण्ड बन्द हुने भएको छ। उक्त सडक खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको हो।
मंसिर ११ गतेसम्म कालोपत्र तथा स्तरोन्नतिका सडक अवरुद्ध हनु भएको हो। सोमबारदेखि ११ गतेसम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत रोकेर निर्माण गरिने भएको हो।