काठमाडौं। वीरगंज औद्योगिक कोरिडरमा रहेका उद्योग तरलता अभावका कारण प्रभावित हुन सुरु गरेका छन्। कोरोना महामारीका कारण दुई वर्षदेखि समस्यामा परेका उधोग केही महिना अघी देखि मात्र पुर्ण रुपमा अगाडी बढेका थिए।
तिहार लगत्तै बैंकिङ क्षेत्रमा तरलता अभाव हुन सुरु भएसँगै उद्योग व्यवसायनै प्रभावित बन्न थालेको हो। निम्बस समूहको प्रोबायोटेक इण्डष्ट्रिज प्रालि लिपनी विर्ताले दुई महिनादेखि बैंकबाट ऋण पाउने छाडेको र बजारबाट उधारो उठ्न पनि नसकेको जनाएको छ।
अहिले बैंकको ऋण नपाएर वीरगंज कोरिडोरका अधिकांश उद्योगी र आयात निर्यात गर्ने सबै व्यवसायी मर्कामा परेका छन्। बैंकले स्वीकृत गरेको ऋणको ४० प्रतिशत मात्र पैसा बैंकले दिएको एक उधोगीले बताए।
अवैध रुपमा नेपालबाट विदेश गइरहेको पैसालाई सरकारले नियन्त्रण गर्न नसक्दा पनि औधोगीक क्षेत्रमा समस्या भएको हो।