काठमाडौँ । रसुवा बाढी प्रभावितहरू होल्डिङ सेन्टरबाट बाहिरिन थालेका छन्। सरकारले अस्थायी बसोबासका लागि मासिक १५ हजार रुपैयाँसम्म घरभाडा उपलब्ध गराउन थालेपछि होल्डिङ सेन्टरमा बस्नेको सङ्ख्या घटेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीले बताए।
उनका अनुसार विपद्पछि स्थापना गरिएका ३७ वटा होल्डिङ सेन्टरको सङ्ख्या घटेर २० मा झरेको छ। हाल नुवाकोटमा ३२४, रसुवामा ७८६ र धादिङमा १२१ गरी १ हजार ६६१ जना प्रभावित होल्डिङ सेन्टरमा छन्।
उप्रेतीका अनुसार रसुवा बाढीमा हालसम्म १ हजार ४५१ जनाको मृत्यु भएको छ भने ५ हजार ७८६ जना बेपत्ता छन्। खोज तथा उद्धारका लागि २० हजार ९२९ सुरक्षाकर्मी परिचालन गरिएको छ।