काठमाडौं। कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी खण्ड कालोपत्र र स्तरोन्नती गर्न सुरू गरिएकाे छ। साेमबारदेखि मालढुङ्गा–बेनी खण्डको सडक फराकिलो बनाउन र कालोपत्र गर्न आयोजना काम सुरू गरिएकाे हो।
सडक फराकिलो बनाउन किनारामा रहेको ठूलो ढुङ्गा फुटाउने, सबबेस, बेस राखेको मालढुङ्गा–लस्ती खण्डको चार किलोमिटर दूरीमा प्राइमकोट बिछ्याउने र कालोपत्र गर्ने तयारी भइरहेको छ।
कुश्मा–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यो आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ ।
१३ किलोमिटर दुरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न लागिएको छ। उक्त कार्यको लागि बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो ।