काठमाडौं। फिदिम नगरपालिका-११ का एक बाढीपीडित परिवारलाई नयाँ घर निर्माण गरि हस्तान्तरण गरिएको छ। जनसेवा समाज पाँचथरको पहल तथा नेपाली सेनाको श्रम तथा स्थानीयको सहकार्यमा प्रेमप्रसाद श्रेष्ठको परिवारका लागि नयाँ घर निर्माण गरिएको हो।
पॉच दिन लगाएर जस्तापाताको छानो र बाँसले घेराबारा गरेर दुई कोठा भएको एकतले घर निर्माण गरिएको हो । जुन घर निर्माण गर्न नेपाली सेनाले ५२ र हाम्रो सहारा पाँचथर नामक सामाजिक संस्थाले ७ जना जनशक्ति उपलव्ध गराएको बताइएको छ ।
गत असोज १२ गते फेमे खोलामा आएको बाढीले अपाङ्गता भएका श्रेष्ठको घर, बस्तुभाउसहित घर भित्रका सबै सामग्री बगाएको थियो ।