काठमाडौं। पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम हालसम्म १८ प्रतिशत पूरा भएको छ। काम सुरु भएको दुई वर्षमा मलेखु–मुग्लिन सडकको काम १८ प्रतिशत मात्र पूरा भएको हो।
अहिले दैनिक १५० जनाले काम गरिरहेका छन् भने अर्को हप्ताबाट २०० जना जनशक्तिले काम गर्ने आयोजनाले जनाएको छ। सडकका छ वटा पुलको काम भइरहेको छ ।
हुग्दिको पुलको भुइँको काम भइरहेको छ भने पाँचवटा पुलका पिल्लरसम्मको काम सकिएको छ । भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ । अब केही दिनमा नै कालोपत्रका लागि बेस राख्ने काम गर्ने निर्माण कम्पनीले जनाएको छ।
तीन वर्षभित्र काम सक्नेगरी शर्मा–जेडआई सिजी जेभीले सन् २०२२ को डिसेम्बरबाट निर्माण कार्य सुरु गरेको थियो।