काठमाडौं। राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम कोरला सडककाे काम अन्तिम चरणमा पुगेकाे छ। आयोजनाको हालसम्मको भौतिक प्रगति ८४ प्रतिशत पुगेको हाे।
आयोजनाको काम सुरु भएको आठ वर्षमा याे भाैतिक प्रगति भने न्यून हाे। आव २०७९/८० मा सम्पन्न गर्ने गरी दुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/०७४ देखि शुरु गरिएको थियो।
१० अर्ब लागत अनुमान गरिएको यो सडकको एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाले जनाएको छ।
सम्झौता अवधिमा काम पुरा नभएपछि आयोजना निर्माण सम्पन्न गर्ने अवधिलाई आव २०८२/८३ सम्म थप गरिएको छ।