काठमाडौं। कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई हर्दिया–कन्यापोखरी सडक निर्माणस्थलमा पुगेका छन्। निर्माण कम्पनीले काम सुरु गर्न आलटाल गरेपछि मन्त्री राई निर्माणस्थलमै पुगेका हुन्।
कार्तिक १० गते सार्वजनिक सुनुवाइमा निर्माण कम्पनी लुम्बिनी गजुरमुखी जेभीले मंसिर २ गतेदेखि काम सुचारु गर्ने भनेर निर्णय गरी हस्ताक्षर गरेको थियो। मंसिर ४ गते बितिसक्दा पनि निर्माण कार्य सुरु नभएको भनि स्थानीयले गुनासो गरेपछि मन्त्री राईसहितको टोली मंगलबार आयोजना स्थलमा पुगेको हो।
सडक निर्माण सुरु नगरे ठेक्का तोड्ने भन्दै मन्त्री राईले दबाब दिएपछि निर्माण कम्पनीले मंगलबार नै सबबेसको काम सुरु गरेको छ। विभिन्न बहाना गरेपछि मन्त्री राईले निर्माण कम्पनीका प्रतिनिधिलाई बाटो अलपत्र पारेको भन्दै काम नगर्ने भए ठेक्का तोड्ने बताएका थिए । मन्त्रीले दबाब दिएपछि निर्माण व्यवसायीले आधा घण्टामा सबै यन्त्रहरु झिकाएर काम सुरु गर्ने भन्दै काम सुरु समेत गरेको छ।