काठमाडौं। हेवाखोलामा हृयुम पाइप राखेर तमोर करिडोर खुलाइएको छ। गत वर्षको वर्षाले पुल बगाएपछि अवरुद्ध पाँचथरको भालुचोकदेखि धनकुटाको मुलघाट–भेडेटार–धरान हुँदै इटहरी जोड्ने तमोर करिडोर शनिबारदेखि सञ्चालनमा आएको हो।
एपेक्स कन्स्ट्रक्सन प्रालिले हेवाखोलामा ९० एमएमको १४ वटा ह्युम पाइप राखेर सडक खुलाएको छ।
गत वर्ष वर्षाले माझिटार छेउमा रहेको मोटरवेल पुल बगाएको थियो। हिउँदमा खोलो घटेपछि साना सवारीसाधन सामान्य चलेका थिए। तर गत असोज १० देखि १२ गतेको वर्षाले त्यही सडक पनि पूरै बगाएको थियो। अहिले ह्युम पाइप राखेपछि व्यवस्थित भएको कम्पनीले जनाएको छ ।