काठमाडौं। बीपी राजमार्गको धुलिखेल–वर्षेखोला खण्ड राति बन्द हुने भएको छ। सडक खण्ड स्तरोन्नति गर्न मंसिर ५ गतेदेखि राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिएको हो।
गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको सडक खण्ड स्तरोन्नति गर्न लागेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।
भक्तपुरभित्र पर्ने बीपी राजमार्ग अन्तर्गत धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड (चौकी डाँडा, नार्के बजार र कालढुङ्गादेखि माम्तिखोला सम्म) डाइभर्सनको काम भइरहेको कार्यालयले जनाएको छ।