प्यूठान। स्वर्गद्वारी मन्दिरको पुनःनिर्माण गर्न सुरु गरिएको छ। प्यागोडा शैलीको वास्तुकला प्रयोग गरी उक्त मन्दिरको पुनःनिर्माण गर्न सुरु गरिएको हो।
आश्रम वरिपरिनै रहेको पुरानो मन्दिर भएको ठाउँमा नयाँ मन्दिर बनाउन सुरु गरिएको बताईएको छ। उक्त मन्दिर निर्माणमा स्वर्गद्वारी आश्रमको लगानी रहेको आश्रमले जनाएको छ।
प्यागोडा शैलीमा निर्माण गरिने मन्दिर स्थापनामा १२ देखि १५ करोडको लागत अनुमान गरिएको बताईएको छ। एक वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको बताईएको छ।