काठमाडौं। विपि राजमार्गको धुलिखेल–वर्षेखोला खण्ड स्तरोन्नती गर्न सुरु गरिएको छ। गत असोज दोस्रो साताको बाढीले बगाएको सडकको सतह मिलाउन थालिएको हो।
बाढी पहिरोबाट क्षति भएको राजमार्गको चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्ती खोलासम्मकोे सडक सतहलगायत मर्मतको काम सुरु गरेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयका अनुसार अहिले चौकीडाँडालगायतका क्षेत्रमा मोडलाई सिधा बनाउने, सोलिङ गर्ने र केही स्थानमा सडकको सतह मिलाउने काम भइरहेको छ ।
सवारीको चापका कारण काम गर्न सक्ने अवस्था नभएकाले उक्त खण्डमा अहिले राति ९ बजेदखि बिहान ४ बजेसम्म सवारी आवागमनमा रोक लगाएर काम भइरहेको छ।
बाढीपहिरोका कारण विपि राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक सडकखण्डमा १२ किलोमिटर सडकमा क्षति भएको छ ।