काठमाडौं। सार्वजनिक स्थानमा फोहोर फाल्ने आशिर्वाद पेन्ट्स प्रालिलाई नेपालगञ्ज उपमहानगरपालिकाले कारबाही गरेको छ। महानगरले उक्त कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना तिराएको हो।
नेपालगञ्ज उपहानगरपालिका वडा नम्बर १७ परस्पुर र ढोडेगाउँ बीचमा रहेको दोदरा नालामा फोहोर फाल्ने ग. १ ख. ६४३ नम्बरको भ्यानलाई नियन्त्रणमा लिई अस्थायी ट्राफिक प्रहरी पोष्ट गनापुरले कारवाहीका लागि नेपालगन्ज उपमहानगरपालिकामा पठाएको थियो।