काठमाडौं। तेह्रथुमको फेदाप गाउँपालिकामा खरङ्वा–यावरा १० किमि सडक कालोपत्र गर्न सुरु गरिएको छ। पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत खरङ्वा–यावरा खण्ड कालोपत्र गर्न थालिएको हो।
लामो समयदेखि यस खण्डको काम सुरु हुन सकेको थिएन। सरोकारवाला र निर्माण व्यवसायीसहितको बैठकमा निर्माण व्यवसायीले आगामी पुस मसान्तभित्र कालोपत्र गरिसक्ने प्रतिबद्धता जनाएपछि कालोपत्रको काम सुरु भएको छ।
मङ्सिरभित्र छ किलोमिटर सबवेस र चार किलोमिटर कालोपत्र गरिसक्ने गरी काम सुरु भएको निर्माण कम्पनीले जनाएको छ।
यो सडकखण्ड कालोपत्रका लागि दुई वर्षमा सक्नेगरी २०७२ सालमा ठेक्का सम्झौता भएको थियो। अहिलेसम्म ६ पटक म्याद थप गर्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन।