फाइल तस्बिर
काठमाडौं। बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको दानसाँघुमा बेलिब्रिज निर्माण गरिने भएको छ। सडक डिभिजन कार्यालय अछामले बडिमालिका नगरपालिकाको जडाङ्गामा रहेको बेलिब्रिजलाई दानसाँघुमा राख्न सर्भे गरिएको हो।
मार्तडीदेखि कोल्टी सडक सूचारु भएको झण्डै दश वर्ष भए पनि दानसाँघु खोलामा पक्की पुल निर्माण नहुँदा यहाँ चल्ले सवारी साधानलाई हिउँद वर्खामा खोला वारपार गर्न निकै सास्ती हुने गरेको छ।
अहिले खोलामा बेलिब्रिज निर्माण गर्ने गरी पुलको सर्भे भएपछि बुढीनन्दा नगरपालिकाको कोल्टी, हिमाली, जगनाथ र स्वामिकार्तिकका खापर गाउँपालिकाका व्यापारीहरुलाई सामान ढुवानी गर्न समेत सहज हुने भएको छ।