फाइल फोटो
दाङ। जिल्लाको सरुवाडाँडामा रहेको झोलुङ्गे पुल आन्तरीक पर्यटकको गन्तब्य बनेको छ। तुलसीपुर उपमहानगरपालिका –११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने पुल हो।
उक्त पुलले आन्तिरीक पर्यटकलाई लोभ्याएको स्थानीयले बताए। पुलको तल निरन्तर बगिरहने नदी, वरीपरि हरियाली सो दृश्यले गर्दा यस वर्षको दशै तिहारमा झन धेरै मान्छे घुम्न आएको स्थानीयको भनाई छ।
पछिल्लो समय सामाजीक सञ्चाल टिकटक, रिल्स हरुले गर्दा पनि यस्ता स्थानहरुमा मान्छेको भिड लाग्ने गरेको पाईन्छ। उक्त पुलमा पनि फोटो खिच्ने र टिकटक बनाउनेको भिड लाग्ने स्थानीयले बताए।
रु तीन करोड लागतमा निर्माण भएको उक्त पुलको लम्बाई चार सय मिटर छ।