फाइल फोटो
काठमाडौं। मनकामना केबलकारले सेवा शुरू गरेको २६ वर्ष पूरा भएको छ। नेपालकै पहिलो केबलकारले सेवा शुरु गरेको २६ वर्ष पूरा भएको हो।
मनकामना दर्शन प्रा. लि.द्वारा सञ्चालित ३.०२ किलोमिटर लामो यो केबलकार अष्ट्रेलियाको डोपल मायर कम्पनीको प्रत्यक्ष निगरानीमा निर्माण गरिएको थियो।
कुल २० वटा टावर प्रयोग गरिएको यो केबलकारको तल्लो स्टेशन उचाइ २५८ मिटर रहेको छ भने माथिल्लो स्टेशनको उचाइ १,३०२ मिटर रहेको कम्पनीले जनाएको छ।
प्रसिद्ध तीर्थस्थलका रुपमा परिचित मनकामना मन्दिरमा टाढा टाढा बाट पनि भक्तजनहरु आउने गरेका छन्। केबलकार सञ्चालनमा आएपछि अझै धेरै धार्मिक पर्यटकको रुपमा चिनिन थालेको छ।