फाइल फोटो
गण्डकी। पोखरामा अर्धनारीश्वर शिवको मूर्ति निर्माण गरिने भएको छ। पोखरा महानगरपालिका–२८ चुत्राकोटमा शिवको मूर्ति निर्माण गरिने भएको हो।
एक सय आठ फिट अग्लो अर्धनारीश्वर शिवको मूर्ति स्थापना गरिने बताईएको छ। मूर्ति स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र मूर्तिसहितका अन्य संरचनाका निर्माणका लागि ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको महानगरपालिकाले जनाएको छ।
पोखारा पर्यटकीय स्थल भएको कारणले गर्दा अझै पर्यटकको गन्तब्य बढाउने उद्धेश्यले उक्त मूर्ति स्थापना गर्न लागिएको बताईएको छ।