सांकेतीक तस्बिर
काठमाडौं। पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डमा हालसम्म एक तिहाई काम सम्पन्न भएको छ। पश्चिम खण्डको भौतिक प्रगति हालसम्म ३३ प्रतिशत पुगेको हो।
पश्चिम खण्डको ३९ किलोमिटर मध्ये २२ किलोमिटर एकतर्फी खण्ड कालोपत्रे भइसकेको छ। पश्चिमखण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ।
पश्चिम खण्डमा २०२४ डिसेम्बर ६ सम्म निर्माण कम्पनीको नियमित समय बाँकी छ। कम्पनिले २०२५ को डिसेम्बरसम्म म्याद थप्नका लागि प्रस्ताव गरेको पश्चिम खण्डले जनाएको छ।