काठमाडौं। कालीगण्डकी नदीमा र्याफ्टिङ सञ्चालन गर्न बन्द गरिएको छ। चिसो बढेका कारण आइतबारदेखि यस वर्षको जलयात्रा बन्द गरिएको हो।
वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारदेखि बन्द गरेको रिभर एक्सप्लोरर नेपालले जनाएको छ।
विगतका वर्षभन्दा ढिलोगरी चिसो बढेकाले यस वर्ष दुई साता ढिलोसम्म र्याफ्टिङ सञ्चालन भएको कम्पनीको भनाइ छ। अब मार्चदेखि जुनसम्म अर्को यामको जलयात्रा सुरु हुने बताइएको छ।