काठमाडौं। काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एसियाली विकास बैंक (एडिबी)ले सहयोग गर्ने भएको छ। गत असोज दोस्रो साताको बाढीपहिरोले क्षति पुर्याएको निर्माणाधीन खानेपानी आयोजनाको पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
सोमबार एडिबीका देशीय निर्देशक अनौड कौकोइससहितका पदाधिकारी तथा खानोपानी आयोजनाको बोर्ड अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूको टोलीसँग छलफल भएको थियो। उक्त छलफलपछि एडिबीले आयोजना पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्ध जनाइएको छ।
निर्माणाधीन आयोजनाको अन्तिम चरणमा बाढीपहिरोले क्षति पुर्याएको थियो।