सांकेतिक तस्बिर
काठमाडौं। पर्वतको लमाएखोलाले बगाएको मोटरेबल पुल पुनःनिर्माण गर्न थालिएको छ। दुई सय दिनभित्र काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई जरिवानासहित काममा लगाएको कालीगण्डकी करिडोर आयोजनाले जनाएको हो।
कालीगण्डकी करिडोरअन्तर्गत पर्वतखण्डमा पर्ने लमाएखोलाले पुलको स्लाब ढलानको तयारी भएका बेला सबै निर्माण सामग्री बगाएको थियो। बाढीले टेवा पर्खालबाहेक सबै संरचनामा समेत क्षति पुर्याएको थियो।