फाइल फोटो
गोरखा। बाढीले क्षतिग्रस्त भएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ। क्षतिग्रस्त पुल मर्म गरेपछि सञ्चालनमा आएको हो।
गत असोज १२ गतेको बाढीले क्षतिग्रस्त भएको गोरखाको ठेउवाटार र चितवनको लेवाटार जोड्ने झोलुङ्गे पुल मर्मत गरेपछि सञ्चालनमा आएको बताईएको छ।
गाउँपालिका विपद् कोषबाट विनियोजन भएको एक लाख लागतमा पुल मर्मत गरेर सञ्चालनमा ल्याएको स्थानीयले बताएका छन्।
बाढील क्षतिग्रस्त बनेको पुल नियमित सञ्चालनमा आएपछि उक्त क्षेत्रका स्थानीयहरु निकै उत्साहीत बनेको उनिहरुले बताए।