ताप्लेजुङ। कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको संख्या बढेको छ। सो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको संख्या बढेको हो।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका अनुसार चालु आर्थिक वर्षको चार महिनामा मात्र एक हजार ८५ विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्र भ्रमण गरेका छन्।
दशै तिहारको समयमा आन्तरीक पर्यटकको पनि भिड लागेको कार्यालयले जनाएको छ। आन्तरिक र बाह्य दुबै पर्यटकको संख्या बढ्दै गएपछि होटल व्यवसायीहरु पनि खुशी भएको बताए।