काठमाडौं। आज काठमाडौंका विभिन्न स्थानमा विरुद्ध अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा आज विद्युत काट्ने भएको हो।
प्राधिकरणले सूचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिने जानकारी दिएको हो।
ती स्थानमा प्राधिकरणको केवल लाइन विस्तार र मर्मतलगायतका काम गर्नुपर्ने भएकाले लाइन काट्न लागेको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ।