काठमाडौं। मुग्लिन–पोखरा सडकको मार्कीचोक–सत्रसय खण्डमा कालोपत्रको काम भइरहेको छ। तनहुँको पूर्वी खण्ड अन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा अन्तिम चरणको कालोपत्र भइरहेको हो।
यहाँ हालसम्म दुई दशमलव चार किलोमिटर कालोपत्र भएको छ भने पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर कालोपत्र भएको छ ।
सडकको पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ।