काठमाडौं। नारायणगढ बुटबल सडकखण्डको निर्माण कार्य सुरु भएको छ। बर्खा सुरु भएसँगै रोकिएको काम निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले सुरु गरेको हो।
गैंडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा निर्माण कम्पनीले केही सानो संख्यामा कामदार खटाएर काम सुरु गरेको आयोजनाले जनाएको छ। कम्पनीले आगामी एक सातामा पूर्ण रुपमा काम थाल्ने प्रतिबद्धता जनाएको आयोजनाले जनाएको छ।
पूर्वी खण्डको हालसम्मको भौतिक प्रगति ५३ प्रतिशत पुगेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण कम्पनीले सम्झौता अनुसार काम नगरे ठेक्का तोडेर भए पनि जानुपर्ने चेतावनी दिएपछि सडक विभागले ठेक्का तोड्न सक्ने आशयको जानकारी दिएको थियो। जताजतैबाट दबाब आएपछि निर्माण कम्पनीले काम सुरु गरेको हो।