कालीकोट। आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द गरिएको छ। उपनिर्वाचनलाई लक्षित गरी आज सडक १३ घण्टा बन्द गरिएको हो।
तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएकाले उक्त सडक खण्ड १३ घण्टाका लागि बन्द गरिएको बताइएको छ।
आज बिहान ५ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म यातायातका साधन चल्न रोक लगाइएको नगरपालिकाले जनाएको छ।