फाइल फोटो
काठमाडौं। मुस्ताङको चराङ खोलामा मोटरेबल पुल निर्माण गरिएको छ। लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा रहेको चराङ खोलामा ८० मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले निर्माण गरेको पुलको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल बिष्टले उद्घाटन समेत गरेका छन्।
विसं २०७७ पुषमा सम्पन्न गर्ने गरी विसं २०७५ असार २९ गते १० करोड १८ लाख लागतमा काष्ठमाण्डप निर्माण सेवाले पुल निर्माणका लागि ठेक्का लिएको थियो। पाँचौ पटक म्याद थप गरेर बल्ल पुल निर्माणको काम पुरा भएको पालिकाले जनाएको छ।