फाइल फोटो
काठमाडौं। दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारमा सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान गरिने भएको छ। खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान गर्न तयारी गरिएको हो।
फोक्सिङटारमा करिब ५० मिटर लामो अस्थायी बेलिब्रिज जडान गर्नेगरी ठेक्का आह्वान गरिएको छ। आज १८ गतेसम्म निर्माण कम्पनीले दरखास्त हाल्न पाउनेगरी समयसीमा निर्धारण गरी सूचना प्रकाशन गरिएको हो।
फोक्सिङटारमा २०७९ सालमा एक सय २० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल बनाइएको थियो। गत असोज १२ गते आएको बाढीले फोक्सिङटारको उक्त मोटरेबल पक्की पुल बगाएको छ।